काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले श्रमिकको हक, हित र अधिकार अगाडि बढाउन नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।
“राज्यको नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गर्न सकेमात्र श्रमिकको अधिकार स्थापित हुन्छ,”– उनले भनेका छन्, “अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था हुन सकेमात्र उनीहरूले न्याय पाउँछन् ।” सम्पूर्ण श्रमिकको समस्या समाधान गर्न सरकारी तवरबाटै श्रम आयोग गठन गर्नसमेत नेता डा कोइरालाले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला
कांग्रेसकै ऊर्जा भर्न हस्ताक्षर अभियान भएको हो : शेखर कोइराला
समयमै चुनाव हुने अपेक्षा लिएका छौं: शेखर कोइराला
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला