काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले श्रमिकको हक, हित र अधिकार अगाडि बढाउन नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।
“राज्यको नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गर्न सकेमात्र श्रमिकको अधिकार स्थापित हुन्छ,”– उनले भनेका छन्, “अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था हुन सकेमात्र उनीहरूले न्याय पाउँछन् ।” सम्पूर्ण श्रमिकको समस्या समाधान गर्न सरकारी तवरबाटै श्रम आयोग गठन गर्नसमेत नेता डा कोइरालाले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाले राखे ५ प्रस्ताव
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला