अयोग्य लडाकुलाई छिट्टो २ लाख रूपैयाँ दिनुपर्छ : देवेन्द्र पौडेल

सफल खबर संवाददाता

सोमबार, १८ बैशाख २०८०, १२ : ४३
अयोग्य लडाकुलाई छिट्टो २ लाख रूपैयाँ दिनुपर्छ : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललेले अयोग्य लडाकुहरुलाई छिट्टो भन्दा छिट्टो २ लाख रुपैयाँ दिनुपर्ने बताएका छन। सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरुलाई दिने भनिएको २ लाख रुपैयाँ छिट्टो भन्दा छिट्टो दिइनुपर्ने बताए। उनले सोही निर्णय यस अघिकै सरकारहरुले गरेको निर्णय भएको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको बताए । उनले संचारकर्मीसँग कुरा गर्दै आयोग्य लडाकुहरुलाई २ लाख रुपैयाँको दरले दिदा करिब १ अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने बताए।

उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरुको योगदान रहेको उल्लेख गर्दै उनीहरुको योगदानको सम्मान हुनुपर्ने बताए । सचिव पौडेलले राज्यले अयोग्य लडाकुहरुलाई रकम दिदाँ देश कङ्गाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरुको अपमान हुने बताए।

उनले लडाकुहरुलाई रकम दिने कुरा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग पनि जोडिएको बताए । देशको परिवर्तनको निम्ति सर्मपित भएका युवाहरुलाई राज्यले सम्झिदा खेरी विरोध गर्नेहरुको विवेक हराएको सचिव पौडेलले टिप्पणी गरे । उनले लडाकुको योगदानलाई पैसासँग तुलना गरिनुपनि उनीहरु प्रतिको अपमान भएको बताए।

अनावश्यक कुराहरु गरेर लडाकुलाई पैसा दिनेकुरा कसैले पनि अल्झाउनु नहुने सचिव पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस