काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललेले अयोग्य लडाकुहरुलाई छिट्टो भन्दा छिट्टो २ लाख रुपैयाँ दिनुपर्ने बताएका छन। सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरुलाई दिने भनिएको २ लाख रुपैयाँ छिट्टो भन्दा छिट्टो दिइनुपर्ने बताए। उनले सोही निर्णय यस अघिकै सरकारहरुले गरेको निर्णय भएको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको बताए । उनले संचारकर्मीसँग कुरा गर्दै आयोग्य लडाकुहरुलाई २ लाख रुपैयाँको दरले दिदा करिब १ अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने बताए।
उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरुको योगदान रहेको उल्लेख गर्दै उनीहरुको योगदानको सम्मान हुनुपर्ने बताए । सचिव पौडेलले राज्यले अयोग्य लडाकुहरुलाई रकम दिदाँ देश कङ्गाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरुको अपमान हुने बताए।
उनले लडाकुहरुलाई रकम दिने कुरा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग पनि जोडिएको बताए । देशको परिवर्तनको निम्ति सर्मपित भएका युवाहरुलाई राज्यले सम्झिदा खेरी विरोध गर्नेहरुको विवेक हराएको सचिव पौडेलले टिप्पणी गरे । उनले लडाकुको योगदानलाई पैसासँग तुलना गरिनुपनि उनीहरु प्रतिको अपमान भएको बताए।
अनावश्यक कुराहरु गरेर लडाकुलाई पैसा दिनेकुरा कसैले पनि अल्झाउनु नहुने सचिव पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश गरिनुपर्छ : सांसद पौडेल
सरकारमा जान तँछाडमछाड गरेका छैनौँ: देवेन्द्र पौडेल