काठमाडौँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग सोमबारसम्ममा पुरा गर्ने प्रतिबद्धता जनाएको छ । आइतबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी वार्ताबाट निर्णय भएको बताए ।
‘प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काज्यूको अफिसमा हामीलाई बोलाउनु भयो । हाम्रो मागका बारेमा सल्लाह सुझावहरु माग्नुभयो’, पुनले भने, ‘अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ ।’ उनले छलफल अत्यन्त सकारात्मक भएकाले नतिजा निस्कनेमा विश्वास व्यक्त गरे।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा थालेका थिए। अन्दोलनमा समर्थन जुट्दै गएपछि पुनसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अनुसन्धान र आविष्कार कागजमा मात्र सीमित हुनु हुँदैन’ : महावीर पुन
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक’ : महावीर पुन
शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन
‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन
संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन