काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्दोलनरत महावीर पुनसँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले आविष्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्वपूर्ण योगदान गरिरहेका व्यक्तित्वको कदर गर्दै प्रधानमन्त्रीले पुनको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘आविस्कार केन्द्र स्थापना गरेर रास्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननीय प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु ।’
आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि महावीर पुनले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । उनी र उनका समर्थक राति पनि माइतीघरमै बास बसेर आन्दोलन जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा