काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्दोलनरत महावीर पुनसँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले आविष्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्वपूर्ण योगदान गरिरहेका व्यक्तित्वको कदर गर्दै प्रधानमन्त्रीले पुनको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘आविस्कार केन्द्र स्थापना गरेर रास्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननीय प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु ।’
आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि महावीर पुनले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । उनी र उनका समर्थक राति पनि माइतीघरमै बास बसेर आन्दोलन जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा
संस्थापन पक्षलाई विश्वप्रकाशको प्रश्न- विधानअनुसार हस्ताक्षर संकलन गर्दा पार्टी कसरी कमजोर हुन्छ ?
‘देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानबिन हुनुपर्छ’ : विश्वप्रकाश शर्मा
चार शक्तिशाली आयोग बनाउन विश्वप्रकाशको माग