काठमाडौँ । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका-६ स्थित सडकमा सोडसाबाट नुवाघरतर्फ जाँदै गरेको सु.प्र.प्र.०१००२ त २९९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-१ बस्ने ३३ वर्षीय ध्रुव कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका-२ गेउरीयास्थित सडकमा प्र.१-०२-००१ ख ८६८४ नम्बरको टिपरले मे.४ प ६८६५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रंगेली नगरपालिका-८ बस्ने ३५ वर्षीय सुरेश दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आर्या न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता काभ्रेको धुलिखेल नगरपालिका-९ पानीट्याङकीस्थित सडकमा बा.५ ख ५६२९ नम्बरको बसले बा.प्र.०२-०२९ प ०८४० नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक धुलिखेल नगरपालिका-११ बस्ने ३० वर्षीय विशेष तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ बैशाख २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु
नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु