काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’ कोे संज्ञा दिएका छन । होटल एशोशिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।
बैंक तथा वित्तीय संस्थाहरुले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरुलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरु रहेको मन्त्री किराँतीले बताए। छोराछोरीहरुलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरुको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उनले उल्लेख गरे ।
मन्त्री किराँतीले पहिले शोषकहरु दौरा(सुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताए । उनले शहरमा पनि बैंक तथा वित्तीय संस्थाहरुको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराए। मन्त्री किराँतीले बैंक तथा वित्तीय संस्थाहरुको ब्याज घटाउन सक्ने अवस्था नरहेको पनि बताए ।
प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यक्ता भएको मन्त्री किराँतीले बताए। होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने समेत बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ बैशाख २०८०, १३ : ४२
लेखकबाट थप