रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्छ : पर्यटनमन्त्री किराती

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, १६ : ०७
रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्छ : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन २ को उपनिर्वाचनबाट भारी मतान्तरका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्ने बताएका छन्।

शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डले सांसद लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्ने बताएका हुनु ।

जनताले लामिछानेलाई दिएको लोकप्रिय मतको पनि कदर गर्दै प्रधानमन्त्री प्रचण्डले लामिछानेले रोजेकै मन्त्रालय दिन तयार हुनुपर्ने बताए । उनले त्यसो गर्दा जनमतको पनि कदर हुने बताए ।

अहिले देशको अर्थतन्त्र समस्याग्रस्त रहेको भन्दै उनले राष्ट्रिय सहमतिको विकल्प नरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस