चितवन । चौथो संस्करणको मिस एसईई स्टार चितवन २०२३ हुने भएको छ । आयोजक नेपाल डायरिजले मिस एसईई स्टार चितवन २०२३ आयोजना हुने घोषणा गरेको हो ।
एसईई परीक्षा दिएर बसेका छात्राहरुलाई लक्षित गर्दै नेपाल डायरिजले हरेक वर्ष मिस एसईई स्टार चितवन आयोजना गर्दै आएको छ । तर कोभिड १९ महामारीका कारण २०१९ पछि उक्त कार्यक्रम आयोजना हुन सकेको थिएन । तीन वर्षपछि यस पटक कार्यक्रम आयोजना गर्न लागिएको नेपाल डायरिजका प्रवन्ध निर्देशक बिनेश थापाले जानकारी दिए ।
मिस एसईई स्टार चितवनमा हालै एसईई दिएर बसेका छात्राहरु सहभागी हुन पाउनेछन् । यसका लागि दुई दिन अडिसन हुने थापाले बताए । पहिलो अडिसन बैशाख १६ गते शनिबार हुनेछ । यस्तै दोस्रो अडिसन बैशाख २२ गते शुक्रबार हुनेछ । अडिसन भरतपुरको नारायणी पब्लिक कलेजमा बिहान ११ बजेदेखि हुने कार्यक्रम निर्देशक निकेश बरालले जानकारी दिए ।
दुबै अडिसनबाट छनौट भएका सहभागीहरुलाई ४० दिनको प्रशिक्षण दिइनेछ । उनीहरुलाई अन्तराष्ट्रियस्तरका प्रशिक्षकहरुहरुले प्रशिक्षण दिनेछन् । ४० दिने प्रशिक्षणपछि जेष्ठको अन्तिम साता भव्य कार्यक्रम हुनेछ । कार्यक्रमका ख्यातिप्राप्त कलाकारहरुको पनि उपस्थिति रहनेछ ।
विजेताहरुले दश जोड दुई अध्ययनका लागि छात्रवृत्तिसँगै आकर्षक पुरस्कारहरु प्राप्त गर्ने कार्यक्रम संयोजक सुशिल पन्तले जानकारी दिए । कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको पन्तले बताए। कार्यक्रमको प्रवर्द्धक संस्थामा उद्योग वाणिज्य संघ र नेपाल राष्ट्रिय कलाकार संघ, फोटोग्राफी पार्ट्नरमा शुभ वेडिङ, अफिसियल ड्रेस डिजाइनरमा आइएफसी र चित्रकथा बुटिक र मेकअप पार्ट्नरमा योर स्टाइल ब्युटी होम, डिजिटल पार्ट्नरमा टेक कम्युनिटी होम, पेमेन्ट पार्ट्नरमा आईएमई पे र ब्रोडकास्टिङ पार्ट्नरमा बागमति टिभी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, १२ : ४३
लेखकबाट थप