उद्योग विभागका दुई कर्मचारी पक्राउ

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, २० : ३९
उद्योग विभागका दुई कर्मचारी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उद्योग विभागमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले बिहीबार शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापालाई १२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।  

औद्यागिक सम्पत्ति शाखामा कार्यरत उनीहरुले ट्रेडमार्कमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको उजुरीका आधार खटिएको टोलीले घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीहरुको साथबाट थप स्रोत नखुलेको रकम समेत बरामद भएको बताइएके छ ।

प्रतिक्रिया दिनुहोस