बालाजुको पेट्रोल पम्पमा काठमाडौं महानगरले गर्‍यो सिल

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, १२ : ४६
बालाजुको पेट्रोल पम्पमा काठमाडौं महानगरले गर्‍यो सिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ ।

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो ।

पत्रको जवाफमा आयल निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने धारणा व्यक्त गरेको थियो । जस अनुसार बिहीबार महानगरपालिकाले कोतःधुक सिल गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस