मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार इन्द्रप्रसाद बञ्जारामाथि लागेको बलात्कारको आरोपमाथि सत्यतथ्य छानबिन गर्न माग गरेको छ । बिहीबार अध्यक्ष मणिराज गौतमले विज्ञप्ति निकालेर पत्रकार बञ्जारा पक्राउ परेको सम्बन्धमा महासंघ मकवानपुरको ध्यानाकर्षण भएको जनाएका छन् ।
महासंघ मकवानपुर सदस्य बञ्जारालाई एक महिलाले असहमतिमा शारीरिक सम्पर्क राखेको आरोप लगाएपद्धि जिल्ला प्रहरी कार्यालयले उननलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको विषयप्रति ध्यानाकर्षण भएको अध्यक्ष गौतमले जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । साथै .घटनाको निष्पक्ष र दोहोरो छानबिन गरी चाँडोभन्दा चाँडो दोषीलाई कानुनअनुसार कारबाही र निर्दाेषलाई न्याय दिलाउनका लागि कुनै दबाब र प्रभावमा नपरी अध्ययन तथा अनुसन्धानका लागि महासंघले माग गरेको छ । विलम्ब नगरी सत्यको पक्षमा न्याय निरुपणका लागि सरोकारवाला अन्य निकायलाई महासंघले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ