मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार इन्द्रप्रसाद बञ्जारामाथि लागेको बलात्कारको आरोपमाथि सत्यतथ्य छानबिन गर्न माग गरेको छ । बिहीबार अध्यक्ष मणिराज गौतमले विज्ञप्ति निकालेर पत्रकार बञ्जारा पक्राउ परेको सम्बन्धमा महासंघ मकवानपुरको ध्यानाकर्षण भएको जनाएका छन् ।
महासंघ मकवानपुर सदस्य बञ्जारालाई एक महिलाले असहमतिमा शारीरिक सम्पर्क राखेको आरोप लगाएपद्धि जिल्ला प्रहरी कार्यालयले उननलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको विषयप्रति ध्यानाकर्षण भएको अध्यक्ष गौतमले जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । साथै .घटनाको निष्पक्ष र दोहोरो छानबिन गरी चाँडोभन्दा चाँडो दोषीलाई कानुनअनुसार कारबाही र निर्दाेषलाई न्याय दिलाउनका लागि कुनै दबाब र प्रभावमा नपरी अध्ययन तथा अनुसन्धानका लागि महासंघले माग गरेको छ । विलम्ब नगरी सत्यको पक्षमा न्याय निरुपणका लागि सरोकारवाला अन्य निकायलाई महासंघले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ