नाम निस्कियो तर जागिर खान गएनन्

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, १० : २१
नाम निस्कियो तर जागिर खान गएनन्

काठमाडौ । नेपाल विद्युत प्राधिकरणको जागिरका लागि नाम निस्केर पनि ७ जनाले नियुक्ति पत्र नलिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले स्थायी सेवामा नियुक्तिका लागि कर्मचारी सेवा, सर्त विनियामावली २०७५ (संशोधनसहित) मा तोकिएको अवधिभित्र नियुक्तिपत्रमा लागि सूचति गरेको थियो । 

तर, उनीहरु नगएपछि प्राधिकरणले फेरि सूचना जारी गरेर १५ दिनभित्र नियुक्ति पत्र लिन आउन तथा नियुक्त गरिएको कार्यालयमा हाजिर हुन सूचित गरिएको छ । 

नियुक्ति लिन नजानेमा १ जना प्रकाशकीय अधिकृत, दुई जना इन्जिनियर, एक जना सुपरभाइजर, २ जना मिटर रिडिङ सुपरभाइजर र एक जना लेखापाल रहेका छन् । 

प्रतिक्रिया दिनुहोस