गुल्मी । गुल्मीमा जीप दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
मालिका गाउँपालिका– २ मा लु १ च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुदाँ एकजनाकाे मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार साे जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएकाे हाे ।
साे दुर्घटनामा घाइते जीप चालक प्रेम बहादुर केसीकाे भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ ।
उनका अनुसार मालिका गाउँपालिकाकाे दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि उक्त् जीप हिडेकाे थियाे । ब्रेक फेल भएर जीप दुर्घटना भएको बुझिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु