पोखरा । गण्डकी प्रदेशले बिहीबार नयाँ मुख्यमन्त्री पाउँदैछ। प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दिएको समय आज दिउँसो ४ बजे सकिँदैछ।
माओवादीले केन्द्रको निर्णय पर्खिरहेकाले नयाँ सरकार गठनमा ढिलाइ भइरहेको हो। केन्द्रको निर्णय आएपछि सरकार गठन हुने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए।
माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी नेतृत्वको सरकार वैशाख ९ गते ढलेपछि नयाँ सरकार गठन हुन लागेको हो।
पुस २५ गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन केन्द्रको सत्ता समीकरण बदलिएसँगै माओवादीले चैत १० गते फिर्ता लिएको थियो।
तनहुँ १ को उपनिर्वाचनलाई बार्गेनिङ गरेर गण्डकीमा माओवादीले मुख्यमन्त्री दाबी गरेको हो।
तर परिणाम अपेक्षित नआएपछि कांग्रेसले पहिला मुख्यमन्त्री पाउने सम्भावना बलियो छ। कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको राजनीतिमा नाटकीय मोड : प्रदेश प्रमुखले बिच बाटोमै यादवलाइ गराए नयाँ मुख्यमन्त्रीको शपथ
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिने
सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्न अपराह्न ४ बजेसम्मको समय