पोखरा । गण्डकी प्रदेशले बिहीबार नयाँ मुख्यमन्त्री पाउँदैछ। प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दिएको समय आज दिउँसो ४ बजे सकिँदैछ।
माओवादीले केन्द्रको निर्णय पर्खिरहेकाले नयाँ सरकार गठनमा ढिलाइ भइरहेको हो। केन्द्रको निर्णय आएपछि सरकार गठन हुने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए।
माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी नेतृत्वको सरकार वैशाख ९ गते ढलेपछि नयाँ सरकार गठन हुन लागेको हो।
पुस २५ गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन केन्द्रको सत्ता समीकरण बदलिएसँगै माओवादीले चैत १० गते फिर्ता लिएको थियो।
तनहुँ १ को उपनिर्वाचनलाई बार्गेनिङ गरेर गण्डकीमा माओवादीले मुख्यमन्त्री दाबी गरेको हो।
तर परिणाम अपेक्षित नआएपछि कांग्रेसले पहिला मुख्यमन्त्री पाउने सम्भावना बलियो छ। कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा