काठमाडाैं। ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागि इजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ