काठमाडौ । मन्त्रीले सचिव रोज्ने प्रवृत्ति फेरि पुनरावृत्ति हुने देखिएको छ ।
केही मन्त्रीहरू मन्त्रालयमा आफू अनुकूलको सचिव ल्याएर सेटिङ मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लबिङ गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको दाबी छ ।
निजामती प्रशासनमा सचिव व्यवस्थापन हचुवामा हुँदा त्यसले सिंगो प्रशासन संयन्त्रलाई कमजोर बनाएको र सरकारको कार्यसम्पादनमा समेत ह्रास आएको विज्ञको भनाइ छ ।
सचिवहरूको व्यवस्थापन गर्ने दायित्व मुख्य सचिवको हो । सामान्यतया मुख्य सचिवले प्रधानमन्त्रीसँग समन्वय गरी सचिवहरूको व्यवस्थापन गर्नुपर्छ तर मन्त्रीहरूले सीधै प्रधानमन्त्रीसँग लाइन मिलाएर सचिव ल्याउने गर्दा मुख्य सचिव कमजोर बन्ने गरेका छन् ।
अहिले पनि केही मन्त्रीहरू प्रधानमन्त्रीसँग लाइन मिलाएर आफू अनुकूलका सचिव ल्याउने गृहकार्यमा जुटेको खबर नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १३ बैशाख २०८०, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति