उत्तरपश्चिम पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोट: बाह्र जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १३ : १०
उत्तरपश्चिम पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोट: बाह्र जनाको मृत्यु

इस्लामावाद । उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । विष्फोटमा परी चालीस जनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू भत्किएका छन् । उक्त विष्फोट बाह्य हमलाका कारण भएको कुनै प्रमाण नभेटिएको र विद्युतीय त्रुटिका कारण दुर्घटना भएको अनुमान सरकारी अधिकारीहरूले गरेका छन् । अफगानिस्तानको छिमेकी खैबर पख्तुनख्वामा प्रान्तीय प्रहरीका प्रवक्ताले गोलाबारुदमा आगलागी हुँदा विष्फोट भएको हुनसक्ने बताएका छन् । 

पाकिस्तानी तालिबान समूहले विगत केही समयदेखि सुरक्षा बलहरूलाई लक्षित गरी धेरै आक्रमण गर्दै आएको छ तर यो विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन । प्रतिआतङ्कवाद विभागका क्षेत्रीय प्रमुख सोहेल खालिदले पनि कार्यालयमा भएको विष्फोट आतङ्कवादीले गराएको नभई त्यो एक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आफूलाई प्राप्त भएको बताएका छन् । कार्यालयमा राखिएका हातहतियार गोलाबारुदमा लापरवाहीका कारण आगो सल्केर विस्फोट भएको हुनसक्ने उनको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस