चितवन २ मा रवि लामिछानेलाई मंसिरको भन्दा धेरै मत

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १२ : २३
चितवन २ मा रवि लामिछानेलाई मंसिरको भन्दा धेरै मत

चितवन  । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा ५ प्रतिशत कम मत खसे पनि रास्वपा अध्यक्ष रवि लामिछानेले पाएको मत भने बढेको छ ।

जित सुनिश्चित गरिसकेका लामिछानेले ८ हजार मत गन्न बाँकी छँदा ५० हजार मत कटाएका छन् । जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो । मंसिरमा उनले ४९ हजार ३०० मत पाएका थिए ।

गत मंसिरमा ६७.६३ पहिला खसेकोमा यसपटक भने ६२.७७ प्रतिशत मत खसेको थियो । चितवन २ को उपचुनावमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस