धनुषा । जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट एक जनालाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको । १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोटसहित बिदेह नगरपालिका-६ बस्ने २५ वर्षीया अनु कुमारी साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट सक्कली नगद १० हजार ५ सय नेपाली रूपैयाँ र १ सय ६० भारतीय रूपैयाँ समेत बरामद गरेको छ ।
यसैबीच महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित दसगजा नजिकबाट एक पनि हजारको दरको १ थान नक्कली नोटसहित धनुषा मुखियापट्टी मुसर्निया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ