बारा–२ मा उपेन्द्र यादव २२४ मतका साथ अघि, रमेश खरेलले पाए ८० मत

सफल खबर संवाददाता

सोमबार, ११ बैशाख २०८०, १४ : ४४
बारा–२ मा उपेन्द्र यादव २२४ मतका साथ अघि, रमेश खरेलले पाए ८० मत

बारा । बारा २ को उपनिर्वाचनको मत गणना जारी रहेको छ । प्रारम्भिक मतगणनाका क्रममा उक्त क्षेत्र उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अघि रहेका छन् ।

हालसम्म ६७० मत गन्दा जसपाका उम्मेदवार यादवले २२४ मत पाएका छन् । उनका निकटतम् प्रतिद्धन्द्धी जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहाले १७० मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत ल्याएका छन् ।

यस्तै, एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा रहेका छन् । उनले १६६ मत ल्याएका छन् । उम्मेदवारले पाएको अहिले मत करैयामाई गाउँपालिका वडा १ को हो ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नं २ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस