सवारी दुर्घटनामा परेका वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, १५ : ५१
सवारी दुर्घटनामा परेका वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु

काठमाडौं।कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ। सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन्।उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्।‘हिजोसम्म उहाँको स्वास्थ्यमा सुधार भइरहेको थियो। तर आज बिहान ३ बजेदेखि एक्कासि प्रेसर बढेको थियो। अहिले चिकित्सकले घोषणा गर्नुभयो,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस