चितवन २ मा मतदानका क्रममा विवादः रास्वपाले माग्यो माफी

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, १५ : ३७
चितवन २ मा मतदानका क्रममा विवादः रास्वपाले माग्यो माफी

चितवन। चितवन २ मा रास्वपाले मतदानका क्रममा आचारसंहिता उलंघन गरेको विषयमा माफी मागेको छ । भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा रास्वपाका कार्यकर्ताले उपनिर्वाचनको मतदान चलिरहेका बेला आचारसंहिता उलंघन गर्दै कार्यक्रम सञ्चालन गरेको आरोप एमालेलगायतका दलले गरेका थिए । 
सो क्रममा दुई पक्षबीच झडपको स्थिति बन्दा मतदान प्रभावित बनेको थियो ।

मतदान सुचारु गर्ने सम्बन्धमा भएको सर्वदलीय बैठकमा रास्वपाले गल्ती भएको स्वीकार्दै क्षमायाचना गर्ने निर्णय भएको हो । यस्तै मतदान केन्द्रको ३०० मिनेटर वरपर शान्ति सुरक्षा कायम गर्ने, आचासंहिता उलंघनको विषय मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने, सबै दल एकढिक्का भएर चुनाव सम्पन्न गर्न लाग्नेसहितको ४ बुँदे निर्णय भएको छ । सो निर्णयपछि भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस