चितवनको कृष्णपुर माविमा रोकिएको मतदान पुनः सुरु

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, १५ : २३
चितवनको कृष्णपुर माविमा रोकिएको मतदान पुनः सुरु

चितवन । चितवन क्षेत्र नं. २को कृष्णपुर माविमा रोकिएको मतदान सुरू भएको छ ।भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा  रोकिएको मतदान सुरु भएको हो ।भरतपुर महानगरपालिका वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको थियो ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो । रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए ।

मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो ।सोक्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । त्यसक्रममा भागाभाग भएको थियो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो भने विद्यालयको मूल गेट बन्द गरिएको थियो ।अवस्था सामान्य भएपछि विद्यालयको गेट खोलिएको छ र मतदान पुनः सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस