चितवन। चितवन क्षेत्र नं २ मा मतदान जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार दिउँसो १ बजेसम्ममा ४२ प्रतिशत मत खसेको छ।नयाँ किरण माविमा रोकिएको मतदान सुरु गर्ने तयारी भइरहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेको चितवन २ का उम्मेदवार रवि लामिछाने मतदान स्थलको निरीक्षणका क्रममा नयाँ किरण मावि पुग्दा नाराबाजी भएपछि मतदान केहि बेर रोकिएको हो ।चितवन २ मा ४३ वटा मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । एक लाख २४ हजार ६९५ मतदाता रहेको यस क्षेत्रमा भरतपुर महानगरका १० वता वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी