चितवन। चितवन क्षेत्र नं २ मा मतदान जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार दिउँसो १ बजेसम्ममा ४२ प्रतिशत मत खसेको छ।नयाँ किरण माविमा रोकिएको मतदान सुरु गर्ने तयारी भइरहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेको चितवन २ का उम्मेदवार रवि लामिछाने मतदान स्थलको निरीक्षणका क्रममा नयाँ किरण मावि पुग्दा नाराबाजी भएपछि मतदान केहि बेर रोकिएको हो ।चितवन २ मा ४३ वटा मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । एक लाख २४ हजार ६९५ मतदाता रहेको यस क्षेत्रमा भरतपुर महानगरका १० वता वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी