चितवन। चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रवि लामिछानेले अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको बताएका छन् ।उपनिर्वाचनका क्रममा चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मतदातामा आशा र उत्साह देखिएको भन्दै अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको बताएका हुन् ।‘बिहानदेखि उत्साह देखिएको छ । त्यसलाई मैले सकारात्मक रूपले लिएको छु । यद्यपि मतदाता कति उपस्थित हुनुहुन्छ थाहा छैन तर पनि नतिजा सकारात्मक हुन्छ भन्नेमा विश्वस्त छु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई भिटामिन 'डी'को कमी
रवि लामिछानेको स्वास्थ्यमा समस्या आएपछि रगत जाँच गर्न अस्पताल पठाइयो
रवि लामिछानेलाई नख्खु कारागार पुर्याइयो
नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी
रविलाई रुपन्देही कारागारबाट काठमाडौं लगिंदै
रवि लामिछानेलाई ३ बजे काठमाडौं ल्याइँदै