पीएसजी फ्रान्सेली लीग वानको उपाधिनजिक

सफल खबर संवाददाता

शनिबार, ०९ बैशाख २०८०, १२ : २४
पीएसजी फ्रान्सेली लीग वानको उपाधिनजिक

काठमाडाैं। पेरिस सेन्ट जर्मेन (पीएसजी) फान्सेली लीग वानको उपाधिनजिक पुगेको छ ।गएराति भएको खेलमा एन्गर्सलाई २–१ गाेलले हराएसँगै पीएसजी उपाधिनजिक पुगेको हो ।पीएसजीका लागि दुवै गोल केलियन एमबाप्पेले गरे । एम्बाप्पेपे ९ र २६ मिनेटमा गोल गरेका हुन् । ८७ औं मिनेटमा सादा थिउवले एन्र्गका लागि सान्त्वना गोल गरे ।जीतसँगै पीएसजीले ५ खेल बाँकी हुँदा ७५ अंक जोडेको छ ।

पीएसजीको यो दोस्रो स्थानमा रहेको मार्सेलीविरुद्ध ११ अंकको अग्रता हो । यद्यपी मार्सेलीले एक खेल कम खेलेको छ ।बाँकी सबै खेलमा पराजय वा बराबरीले मात्रै पीएसजीको उपाधिको यात्रा गुम्न सक्छ । तर लयमा रहेको पीएसजीले लीग लित्ने पक्कीपक्की जस्तै भएको हो । 

 

प्रतिक्रिया दिनुहोस