एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी त्यागे

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १५ : ५०
एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी त्यागे

काठमाडौं।नेकपा एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी परित्याग गरेका छन् । नेकपा एमाले विभाजन हुँदा ज्ञवाली एकीकृत समाजवादीतिर लागेका थिए ।तर विभाजनको औचित्य पुष्टि नहुने भन्दै ज्ञवालीले पार्टी परित्याग गरेका छन् । ‘विभाजनले दलाल पूँजीवाद र बिचौलियालाई मात्रै खुसी बनाउने भयो ।

त्यसैले मैले उक्त पार्टी परित्याग गर्ने निर्णय गरेको हुँ’,ज्ञवालीले भने ।उनी एमालेको स्थापनाकालदेखि सक्रिय नेता हुन् । ‘कोके, माले एमाले हुँदै मैले तीस दशक राजनीतिमा बिताएको छु, तर एकीकृत समाजवादीमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने देखिनँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस