काठमाडौं । स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएसँगै जारि एसीसी प्रिमियर लिग अन्तर्गतको खेलमा ओमान दबावमा परेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको ओमानविरुद्ध आफ्नो स्पेलको पहिलो ओभर बलिङमा आएका सन्दीपले एकै ओभरमा दुई विकेट लिए । उनले १२.३ ओभरमा आदिल शफिकलाई आउट गर्दै ओडीआई करियरमा सय सबैभन्दा छिटो विकेट लिँदै विश्वकीर्तिमान बनाएका थिए ।
यस्तै, १२औं ओभरको छैठौं बलमा जिसन मक्सुदलाई बोल्ड गर्दै दोस्रो विकेट लिए । त्यसपछि १४औं ओभरको पहिलो बलमा ओपनर कास्यप प्रजापतिलाई आउट गर्दै सन्दीपले तेस्रो विकेट लिए ।नेपालका लागि जतिन्दरसिंहलाई आउट गर्दै ललित राजवंशीले पहिलो सफलता दिलाएका थिए । ओमानले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ७७ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ बैशाख २०८०, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप