काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
भेटमा संवैधानिक निकायमा नियुक्ति र संवैधानिक परिषद बैठकबारे दुवै नेताबीच छलफल भएको जनाइएको छ ।लामो समयदेखि सवोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । बुधाबर संवैधानिक परिषदको बैठक बसेर नियुक्तिबारे छलफल भएको थियो तर प्रधानन्याधीशको नाम सिफारिसबारे दलहरुबीच सहमति हुन सकेको थिएन ।
आजको प्रचण्ड–ओली भेटमा यस विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ बैशाख २०८०, १२ : ३५
लेखकबाट थप