रुसी लडाकु विमानबाट रुसकै शहरमा खस्यो बम

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १२ : १८
रुसी लडाकु विमानबाट रुसकै शहरमा खस्यो बम

काठमाडौं । रुसी लडाकु विमानबाट रुसकै एक शहरमा बम खसेको छ । बमबाट धेरै भवनहरुमा क्षति पुगेको र दुई जना महिला घाइते भएको बीबीसीले जनाएको छ ।युक्रेनको सिमाना नजिकै बियलग्रटमा रुसी लडाकु विमानबाट बम खसेको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । बियलग्रट शहरबाट युक्रेनको सिमाना २५ माइल टाढा छ । त्यहाँ करिब साढे ३ लाख मानिसको बसोबास रहेको अनुमान छ ।

 

क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्ल्याडकोभले बम खसेको स्थानमा ६० फिट गहिरो खाडल बनेको बताएका छन् । स्थानीय समय अनुसार राति १०ः१५ बजे भएको यो घटनाको अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा दुर्घटनाबस यस्तो भएको पत्ता लागेको छ ।सामाजिक सन्जालमा पोष्ट गरिएको फोटोमा विष्फोटक पदार्थ खस्दा एउटा अपार्टमेन्ट ध्वस्त भएको देखिन्छ । केही कारमा पनि क्षति पुगेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस