एजेन्सी । जापानमा मार्च महिनामा विदेशी पर्यटकको सङ्ख्या २७.५ प्रतिशतले वृद्धि भई १८ लाख १७ हजार ५०० पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।जापानको राष्ट्रिय पर्यटन सङ्गठनका अनुसार गत अक्टोबरमा जापानले व्यक्तिगत र गैर–पूर्वव्यवस्थित यात्राहरूमा लगाएको प्रतिबन्ध हटाएपछिको यो प्रवेश दर सबैभन्दा उच्च हो ।
स्वास्थ्य लाभको सङ्केत देखिए पनि कोभिड–१९ महामारी सुरु हुनुअघि सन् २०१९ को मार्चमा देखिएको तुलनामा मासिक आँकडा ३४.२ प्रतिशतले कम रहेको सङ्गठनले जनाएको छ ।मार्चमहिनामा दक्षिण कोरियाबाट सबैभन्दा बढी पाँच लाख ६८ हजार ६०० र अमेरिकी पर्यटक दुई लाख तीन हजार जापान आएका थिए ।
दुई देशबीच सिधा हवाई उडानको बढ्दो सङ्ख्याका कारण चिनियाँ मुख्य भूमिबाट आउने पर्यटकको सङ्ख्या गत फेब्रुअरीको तुलनामा दोब्बर भएर गत महिना ७५ हजार ७०० पुगेको तथ्याङ्कले देखाएको छ ।यसैबीच, छ लाख ९४ हजार ३०० जापानीले विदेश भ्रमण गरेका छन् । यो अघिल्लो बषैको तुलनामा अत्यधिक वृद्धि हो तर सन् २०१९ को सोही अवधिको तुलनामा ६४ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर