तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले मागे गोविन्दलाई भोट

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, २३ : ११
तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले मागे गोविन्दलाई भोट

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनहुँ–१ को चुनावी कार्यक्रममा पुगेका छन् ।

बुधबार चुनावी अभियानका क्रममा तनहुँ पुगेका उनले सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका साझा उम्मेदवारलाई जिताएर पठाउन त्यहाँका जनतासमक्ष आग्रह गरेका छन् ।

भाषणका क्रममा प्रधानमन्त्री प्रचण्डले गएको निर्वाचनमा भोजपुरबाट निर्वाचित सुदन किरातीलाई भोट मागेजस्तै गोविन्द भट्टराईलाई पनि भोट मागेका छन् । उनले गोविन्दलाई तनहुँबासीले जिताएर पठाएमा मन्त्री बनाउने बाचा पनि गरे ।

उक्त क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका रामचन्द्र पौडेललाई पनि भोट माग्दा प्रचण्डले प्रधानमन्त्री बनाउने घोषणा गरेका थिए तर, प्रचण्डले पौडेललाई त्योभन्दा माथिल्लो पद अर्थात् राष्ट्रपति नै बनाए ।

चुनावी सभामा भने, ‘तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ ।’

प्रतिक्रिया दिनुहोस