रातो मच्छिन्द्रनाथ रथ निर्माणको काम अन्तिम चरणमा

सफल खबर संवाददाता

बुधबार, ०६ बैशाख २०८०, १३ : ३२
रातो मच्छिन्द्रनाथ रथ निर्माणको काम अन्तिम चरणमा

काठमाडौँ । रातो मच्छिन्द्रनाथ रथ यात्राका लागि रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सोमवारदेखि सुरु हुने रथयात्राका लागि रथ निर्माणको काम अन्तिम चरणमा पुगेको हो । रातो मच्छिन्द्रनाथको रथलाई नेपालकै अग्लाे रथ रूपमा लिने गरिन्छ ।

किलाको प्रयोग नगरि निर्माण गरिने यो रथको उचाइ करिब २० फिटको  हुन्छ ।  शुक्रवार भने रथमा मच्छिन्द्रनाथलाई रथारोहरण गरिनेछ । ललितपुरमा निर्माण भैरहेको रथको निर्माण कार्य सकिएर सजावटको काम मात्रै बाँकी रहेको रथ निर्माणकर्मीहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस