काठमाडौँ । नेपाल र भारतका निजी क्षेत्रबाट प्रवर्द्धित कम्पनीले विद्युत् व्यापारको सम्झौता गरेका छन् । हिजोदेखि काठमाडौँमा सुरु भएको ‘पावर समिट’ मा नेपाल र भारतका निजी क्षेत्रले २०० मेगावाटसम्म बिजुली बेच्न सम्झौता गरेका हुन् । नेपालका निजी क्षेत्रले बिजुलीको वैदेशिक व्यापार गर्ने लक्ष्यसहित स्थापना गरेको नेपाल पावर एक्सचेन्ज (नेपेक्स) ले भारतको निजी क्षेत्रसँग बिजुली व्यापारको सम्झौता गरेको छ । नेपेक्सले भारतको स्टिलमिन्टसँग २०० मेगावाट बिजुली बेच्न ‘पावर ट्रेड एग्रिमेन्ट’ गरेको हो ।
कम्पनीका निर्देशक उत्तम ब्लोनले पावर समिटका क्रममा २०० मेगावाट बिजुली व्यापारको सम्झौता गरेको बताए । उनले नेपाल सरकारले निजी क्षेत्रलाई बिजुली व्यापारको लाइसेन्स नदिए पनि आगामी दिनमा दिन्छ भन्नेमा आशावादी रहेको समेत बताए ।
‘यसअघि पनि हामीले भारतीय कम्पनीसँग बिजुली व्यापारको सम्झौता गरेर न्यूनतम मूल्य समेत तय गरेका थियौँ,’ ब्लोनले भने, ‘तर, सरकारले लाइसेन्स नै दिएन ।’ यसपटक पनि भावी दिनमा बिजुली व्यापारको अनुमति पाइने लक्ष्यसहित सम्झौता गरेको र यो सम्झौताले नेपाल–भारत बिजुली व्यापारमा आइपर्ने समस्या खुल्दै जान्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु