काठमाडौँ । नेपाल र भारतका निजी क्षेत्रबाट प्रवर्द्धित कम्पनीले विद्युत् व्यापारको सम्झौता गरेका छन् । हिजोदेखि काठमाडौँमा सुरु भएको ‘पावर समिट’ मा नेपाल र भारतका निजी क्षेत्रले २०० मेगावाटसम्म बिजुली बेच्न सम्झौता गरेका हुन् । नेपालका निजी क्षेत्रले बिजुलीको वैदेशिक व्यापार गर्ने लक्ष्यसहित स्थापना गरेको नेपाल पावर एक्सचेन्ज (नेपेक्स) ले भारतको निजी क्षेत्रसँग बिजुली व्यापारको सम्झौता गरेको छ । नेपेक्सले भारतको स्टिलमिन्टसँग २०० मेगावाट बिजुली बेच्न ‘पावर ट्रेड एग्रिमेन्ट’ गरेको हो ।
कम्पनीका निर्देशक उत्तम ब्लोनले पावर समिटका क्रममा २०० मेगावाट बिजुली व्यापारको सम्झौता गरेको बताए । उनले नेपाल सरकारले निजी क्षेत्रलाई बिजुली व्यापारको लाइसेन्स नदिए पनि आगामी दिनमा दिन्छ भन्नेमा आशावादी रहेको समेत बताए ।
‘यसअघि पनि हामीले भारतीय कम्पनीसँग बिजुली व्यापारको सम्झौता गरेर न्यूनतम मूल्य समेत तय गरेका थियौँ,’ ब्लोनले भने, ‘तर, सरकारले लाइसेन्स नै दिएन ।’ यसपटक पनि भावी दिनमा बिजुली व्यापारको अनुमति पाइने लक्ष्यसहित सम्झौता गरेको र यो सम्झौताले नेपाल–भारत बिजुली व्यापारमा आइपर्ने समस्या खुल्दै जान्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?