धरानका वडाध्यक्षहरूलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नुपर्छ : मेयर हर्क राई

सफल खबर संवाददाता

बुधबार, ०६ बैशाख २०८०, १० : ३७
धरानका वडाध्यक्षहरूलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नुपर्छ : मेयर हर्क राई

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन् । साथै उनले उपमहानगरको बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिन लगाउनुपर्ने जिकिर गरेका छन् । उनले नागरिकलाई वडाध्यक्षहरूको राजीनामा माग्न पनि सुझाव दिएका छन् । 

 

उनले सामाजिक सञ्जालमा लेखेका छन् -'धराने जनता हो... तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने वडाध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु ! म प्रक्रिया मिलाउन सघाउँछु ! अनि उप निर्वाचन गरेर रिक्त वडाध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ !'

प्रतिक्रिया दिनुहोस