खोकनाको जग्गा विवाद टुंग्याउन सरकारले बनायो सहजीकरण समिति

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, २० : ४६
खोकनाको जग्गा विवाद टुंग्याउन सरकारले बनायो सहजीकरण समिति

काठमाडौं । सरकारले फास्ट ट्रयाक निर्माणका क्रममा खोकनामा विवाद देखिएको जग्गासम्बन्धी समस्या समाधान गर्न सहजीकरण समिति बनाएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले फास्ट ट्रयाकमा बनाउने स्थानमा पर्ने जग्गा प्राप्तिका लागि सहमति जुटाउन रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सहजीकरण समिति बनाउने निर्णय भएको हो । सहजीकरण समितिमा ललितपुर महानगरपालिकाका मेयरसहित सरोकारवाला रहने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

यो समितिले जग्गासम्बन्धी विवादलाई सहजीकरण गर्ने र सम्बन्धित व्यक्तिलाई भेटेर दूतमार्ग छिटो सम्पन्न गर्नका लागि सहजीकरण गर्नेछ । आजैमात्रै प्रधानमन्त्रीले फास्ट ट्याकको स्थलतगत अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस