काठमाडौं । नयाँ आर्थिक वर्ष लागेपछि तेस्रो दिन सहित लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३.०७ अंकले गिरावट हुँदा १९०४.९८ अंकमा बन्द भएको छ ।नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको नेप्से ४ वैशाख सोमबार २३.६३ अंकले गिरावट भएको थियो । नेपाल राष्ट्र बैंकको खुकुलो मौद्रिक नीति ल्याउने संकेत र बैंकर्स संघको ब्याजदर घटाउने निर्णयपछि २९ चैत बुधबार नेप्से एकैदिन ९३ अंकले वृद्धि भएको थियो । बिहीबार नै २९.०८ अंकको गिरावट भएको नेप्से त्यसपछि नयाँ वर्षको लगातार तेस्रों दिन पनि गिरावट भएको हो ।
नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । नेप्से ९३ अंकले बढ्दा बुधबार करिब २ अर्बको कारोबार भएको थियो । बिहीबार नेप्से घटेपनि डेढ अर्ब भन्दा बढीको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर करिब १ अर्बमा सीमित भएको थियो । सोमबार पनि ९० अर्ब माथिको कारोबार भएपनि मंगलबार कारोबार झनै घटेको छ ।मंगलबार नेप्सेमा २४ हजार ४२९ वटा कारोबारमा २९ लाख ७५ हजार ९२० कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ८७ करोड ४ लाखको कारोबार भएको छ । जसमध्ये प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक ५ करोड २६ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ३ करोड ९९ लाख र नेस्डो समृद्धि लघुवित्तको ३ करोड ३७ लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २१९ कम्पनीको सेयर कारोबार हुँदा १३८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १९ कम्पनीको स्थिर रहेको छ । जसमध्ये कालिञ्चोक दर्जन र मोलुङ हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा जोशी हाइड्रोपावरको सेयरमूल्य ६.०५ प्रतिशतले वृद्धि भएको छ । यता खप्तड लघुवित्तको सेयरमूल्य ५.०५ प्रतिशतले गिरावट हुँदा आदर्श लघुवित्तको सेयरमूल्य ४.६८ प्रतिशतले गिरावट भएको छ । यस्तै बाराही हाइड्रोपावरको सेयरमूल्य ४.२० प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार