बैंकमा थुप्रिएको ५५ खर्ब रकम उद्योगमा परिचालन गर्न माग

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १४ : ३८
बैंकमा थुप्रिएको ५५ खर्ब रकम उद्योगमा परिचालन गर्न माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो रकम देशका रुग्ण उद्योगहरुमा परिचालन गर्नुपर्ने बताएका हुन् । उनले अपm्ठेरोमा परेका उद्योगहरुमा सो रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गरे ।

‘बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ । खुशीको कुरा हो । ५५ खर्ब रकम भनेको नेपाल सरकारले औसत ३ पटक प्रश्तुत गर्ने बराबरको बजेट हो,’ उनले भने, ‘त्यो रकम बैंकमा जम्मा भएर बसेको छ । त्यो रकमलाई छिट्टै देशका रुग्ण भएका, अप्ठेरोमा परेका उद्योगहरुलाई परिचालन गरी रोजगारी सिर्जना गर्नेगरी प्रधानमन्त्रीले गरेका घोषणा अनुसार अगाडि बढाइयोस् ।’

चालिस लाख खोप नप्रयोग भएको भनेर समाचार आएकोबारे पनि उनले ध्यानाकर्षण गराए ।  भने, ‘त्यो खोप प्राविधिक हिसाबले नमिल्ने भएर प्रयोग नभएको हो कि, हाम्रो लापरबाहीको कारणले प्रयोग नभएको हो कि त्यसको बारेमा पनि सम्बन्धित निकायले किन प्रयोग नभएर बेवारिसे भएर बसेको हो त्यसको बारेमा छानबिन होस् । अर्को राम्रो समाचार आएको छ विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरे, दुर्गम ठाउँमा किताबहरु पुगे भन्ने समाचार राम्रो हो । त्यसैगरी हस्पिटलमा इमर्जेन्सी उपचार गर्न गएको बिरामीले पनि राम्रोसँग उपचार गर्न पाएको कुरा सम्बन्धित निकायबाट अनुगमन गरेर सुरुवात गरियोस् र सुन्न पाउँ । त्यसैगरी किसानले पनि समयमै कृषि प्रक्रिया शुरुवात गर्नुभन्दा पहिला मल प्राप्त गर्ने र राज्यको तर्फबाट यस प्रकारका अत्यावश्यक वस्तुहरुको व्यवस्थापन भएको कुरा खुशी साथ बाहिर आओस् ।’

सांसद पौडेलले यस वर्ष विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउनु राम्रो भएको बताउँदै यसैगरी अस्पतालहरुमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताए । उनले किसानले समयमै मल पाउनुपर्ने पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस