राजश्वसम्बन्धी सर्भर डाउन, चेक समेत साटिएन

सफल खबर संवाददाता

सोमबार, ०४ बैशाख २०८०, १६ : ४९
राजश्वसम्बन्धी सर्भर डाउन, चेक समेत साटिएन

काठमाडौँ । सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व सङ्कलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजश्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

“यस कार्यालयबाट सञ्चालित प्रणाली आरएम आइए, टिएसए, सिजीएएस, सुत्र, पिएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रणाली सञ्चालन हन नसकेकाले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गदछाैँ”, कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

दिउँसो १ बजेपछि सर्भर सञ्चालनमा आए पनि पूर्णरुपमा भने सञ्चालनमा आउन नसकेको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए । “दिउँसो ३ घण्टा सर्भर पूर्णरुपमा डाउन भएको थियो, १ बजेपछि सञ्चालनमा आउँदा एकैपटक धेरैले सर्भर चलाउन स्लो भएको छ’, उनले भने ।

उनका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि आज अनलाईनमार्फत हुने राजस्व सङ्कलन ठप्प भएको छ । राजस्व सङ्कलनसँगै काटिएका चेकसमेत नसाटिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस