प्रधानमन्त्री प्रचण्डबाट राज्यमन्त्री चपागाईंले लिइन् शपथ

सफल खबर संवाददाता

आइतबार, ०३ बैशाख २०८०, १८ : ३७
प्रधानमन्त्री प्रचण्डबाट राज्यमन्त्री चपागाईंले लिइन् शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिएकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले राज्यमन्त्री चपाईंलाई शपथ गराएकी हुन्। नेकपा (एकीकृत समाजवादी) का नेता एवं राष्ट्रियसभा सदस्य चपाईंलाई प्रधानमन्त्री दाहालले आजै राज्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । आजै राज्यमन्त्री चपाईंले मन्त्रालय पुगी पदभार सम्हालेकी छन्।

प्रतिक्रिया दिनुहोस