जनकपुरधाम । मधेस प्रदेशमा पाँच वर्षको अवधिमा पाँच अर्ब बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेश प्रदेशमा देखिएको हो । आर्थिक वर्ष २०७८।०७९ को प्रतिवेदनमा पाँच वर्षको अवधिमा मधेश सरकारको बेरुजु पाँच अर्ब नाघेको र विकासे मन्त्रालयमा बेरुजु बढी देखिएको उल्लेख छ ।
प्रदेशको कुल बेरुजु पाँच अर्ब ६८ करोड ३५ लाख १४ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये भौतिक मन्त्रालयको बेरुजु ३८.८२ प्रतिशत छ । सबैभन्दा कम बेरुजु प्रदेश नीति तथा योजना आयोगको देखिन्छ । आयोगको ०.११ प्रतिशत मात्र बेरुजु छ । ‘भौतिक पूर्वाधार विकास मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र अन्य मन्त्रालय र निकायमा क्रमबद्ध बेरुजु देखिन्छ,’ प्रतिवेदनमा लेखिएको छ ।
प्रदेशको गत आवको बेरुजु तीन अर्ब ६८ करोड ९२ लाख १७ हजार थियो । चालु आवमा १३ करोड ६२ लाख ७६ हजार सम्परीक्षण अर्थात् हिसाब मिलान भएर बेरुजुको रकम घट्दा रु. तीन अर्ब ५५ करोड २९ लाख ४१ हजार प्रदेशको बाँकी बेरुजु छ । चालु आवमा दुई अर्ब १३ करोड पाँच लाख ७३ हजार बेरुजु थप हुँदा प्रदेशको बेरुजु पाँच अर्ब ६८ करोड ३५ लाख १४ हजार पुगेको हो । प्रतिवेदनअनुसार सबैभन्दा कम बेरुजु सुदूरपश्चिम प्रदेशमा देखिएको छ । सात प्रदेशमध्ये मधेसपछि दोस्रो बढी बेरुजु कोसी सरकारमा देखिएको छ । त्यसपछि क्रमशः कर्णाली प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ बैशाख २०८०, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव कल्याणसम्बन्धी कामलाई प्रभावकारी बनाउँछौँ’: मुख्यमन्त्री सिंह
बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा
धनुषामा सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु
सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मधेश प्रदेश सभाको कार्यसूचीमा चढ्यो भाषा विधेयक फिर्ताको प्रस्ताव
संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री सिंह