एजेन्सी । जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि बम आक्रमणको प्रयास भएको छ । यद्यपि उक्त आक्रमणका प्रयास असफल भएको त्यहाँको सञ्चार माध्यमहरुले बताएका छन् ।
शनिबार एक सार्वजनिक कार्यक्रममा सहभागी हुन वाकायामा शहर पुगेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित ‘स्मोक बम’ आक्रमण भएको हो । आक्रमणपछि बिस्फोटको आवाज सुनिएपछि त्यहाँ भागाभाग मच्चिएको थियो । उक्त भिडबाट सुरक्षाकर्मीहरुले प्रधानमन्त्रीलाई तत्कालसकुशल बाहिर निकालेका थिए ।
घटनाको सम्बन्धमा शंकास्पद संदिग्ध आक्रमणकारीलाई पक्राउ गरिएको छ । प्रधानमन्त्री यही महिनाको अन्त्यमा हुने उपनिर्वाचनका लागि आफ्नो पार्टीको लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिने कार्यक्रममा सरिक भएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ बैशाख २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
बहुमत गुमाएपनि जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने