एजेन्सी । जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि बम आक्रमणको प्रयास भएको छ । यद्यपि उक्त आक्रमणका प्रयास असफल भएको त्यहाँको सञ्चार माध्यमहरुले बताएका छन् ।
शनिबार एक सार्वजनिक कार्यक्रममा सहभागी हुन वाकायामा शहर पुगेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित ‘स्मोक बम’ आक्रमण भएको हो । आक्रमणपछि बिस्फोटको आवाज सुनिएपछि त्यहाँ भागाभाग मच्चिएको थियो । उक्त भिडबाट सुरक्षाकर्मीहरुले प्रधानमन्त्रीलाई तत्कालसकुशल बाहिर निकालेका थिए ।
घटनाको सम्बन्धमा शंकास्पद संदिग्ध आक्रमणकारीलाई पक्राउ गरिएको छ । प्रधानमन्त्री यही महिनाको अन्त्यमा हुने उपनिर्वाचनका लागि आफ्नो पार्टीको लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिने कार्यक्रममा सरिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ बैशाख २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा
आँधीले जापानमा उडान प्रभावित
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान