काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन बस्ने काठमाडौंको गैरीधारामा रहेको घरमा शुक्रबार राति गोली चलेको छ । तीर्थमालीको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा नेता वर्षमानकी आमा घाइते हुनुभएको हो । उहाँको देब्रे खुट्टामा गोली लागेको छ । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रकाश कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् । पुन नातामा तीर्थमायाको नजिक नाति पनि पर्छन् । शुक्रबार राती भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
‘असावधानीवश’ गोली पड्केको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । नयाँ वर्ष मनाउने भन्दै प्रकाश शुक्रबार राति गैरीधारामा रहेको तीर्थमाया बस्ने घरमा गएका थिए । तीर्थमाया छोराहरु डेभिड पुन र प्रनिश पुनसँग बसेकी थिईन।
डेभिड र प्रनिश नेता वर्षमानका भाइ हुन् । केही समय अघि प्रकाश पनि त्यही घरमा बस्दै आएका थिए । तर अहिले प्रकाश छुट्टै कोठा लिएर बस्ने गरेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ बैशाख २०८०, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या