काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमालाई गोली लागेको छ।
गए राति बालुवाटारमा सहायक हवलदार प्रकाश पुन मगरको पेस्तोल दुर्घटनावस पड्किँदा ७४ वर्षीया तीर्थमाली पुन मगरको खुट्टामा गोली लागेको प्रहरी स्रोतले जनाएको छ।
प्रकाश तीर्थमालीकी नाति हुन्। घाइते तीर्थमालीको ट्रमा सेन्टरमा उपचार हुँदैछ।
प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षा टिममा कार्यरत रहेका छन्। उनलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ बैशाख २०८०, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या