हामी र हाम्रो भन्ने साझा भावनाको विकास गरौं : प्रदेश यादवचन्द्र प्रमुख शर्मा

सफल खबर संवाददाता

शुक्रबार, ०१ बैशाख २०८०, १२ : ००
हामी र हाम्रो भन्ने साझा भावनाको विकास गरौं : प्रदेश यादवचन्द्र प्रमुख शर्मा

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् ।उनले जारी गरेको शुभकामना सन्देशमा भनेका छन्– ‘देशलाई सर्वोपरि राखी हामी र हाम्रो भन्ने साझा भावनाको विकास गर्न आजैका दिनदेखि मन, वचन र कर्मले लागिपर्न प्रतिबद्ध रहन सकौँ ।

उनले संविधानले निर्धारित गरेको लक्ष्य र राष्ट्रले तय गरेको गन्तव्यमा पुग्न हाम्रो दृढनिश्चय र कठोर सङ्कल्प चाहिने बताएका छन् । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणमा थप टेवा पुर्याउन सक्ने उनको भनाइ छ ।‘हाम्रो बीचमा रहेको सद्भाव, भातृत्व र सहिष्णुता अझ प्रगाढ र कसिलो बन्न सकोस्, स्थायी शान्ति, दिगो विकास र आर्थिक समुन्नतिको मार्गप्रशस्त हुन सकोस्’, शुभकामना सन्देशमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस