जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विक्रम संवत् २०८० को अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरी नयाँ वर्ष २०८० प्रारम्भ भएको अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा गरिबी नेपालको प्रमुख समस्या रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य प्रमुख आवश्यकता रहेको बताएका छन् ।
उनले आफू प्रदेशको विकासमा प्रयत्नशील रहेको बताउँदै नयाँ वर्षको आगमन सँगै सबै नयाँ जोस, नयाँ उमंग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्म क्षेत्रमा जुट्नुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री यादवले गत वर्षको अनुभवलाई शिक्षाको रूपमा ग्रहण गरी नयाँ वर्षमा अझ बढी मेहेनतका साथ कर्म क्षेत्रमा खरो उत्रँदै प्रदेशको समृद्धि र सुशासनका निम्ति खट्न सबैलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ बैशाख २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
मुख्यमन्त्री यादवद्वारा ३ मन्त्री नियुक्त, जनमतका महेशले पाए अर्थ मन्त्रालयको जिम्मेवारी
मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा
आन्दोलनकारीबाट मलाई सुरक्षा चुनौती छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन