मेनपावरमा छापा हान्न निर्देशकहरूको नेतृत्वमा टोली गठन

सफल खबर संवाददाता

विहीबार, ३० चैत्र २०७९, १६ : ३१
मेनपावरमा छापा हान्न निर्देशकहरूको नेतृत्वमा टोली गठन

काठमाडौँ । मेनपावर व्यवसायीमाथि अनुगमन गर्नका लागि वैदेशिक रोजगार विभागले निर्देशकहरूको संयोजकत्वमा समिति गठन गरेको छ । विभागबाट भइरहेको अनुगमन कार्यलाई नियमित, व्यवस्थित र ठगी नियन्त्रणको कार्यलाई नतिजामुखी बनाउन निर्देशकहरूको नेतृत्वमा तीन वटा समिति गठन गरेको हो ।उक्त समितिहरूले विभागमा दर्ता रहेका म्यानपावर कम्पनी तथा अभिमुखीकरण संस्थाहरूमा अनुगमन गर्ने निर्देशक कृष्णप्रसाद भुसालले बताए ।

 

जुनसुकै अवस्थामा अनुगमनमा टोली जाने टोलीलाई आवश्यक कागजात, माग गरिएका विवरण तथा जानकारी उपलब्ध गराइदिन सबैमा अनुरोध समेत गरेको छ । मेनपावर व्यवसायीहरूले वैदेशिक रोजगारीको नाममा ठगी गरेका थुप्रै घटना सार्वजनिक भइरहेका छन् । विभागले अहिलेसम्म सूचनाको आधारमा मात्र अनुगमन गर्दै आएको थियो । नियमित अनुगमन गर्न सकेको छैन् । ठगीका घटना बढ्दै जान थालेपछि नियमित अनुगमनका लागि निर्देशकहरूलाई जिम्मा दिएको हो । 

प्रतिक्रिया दिनुहोस