काठमाडौं । २०७९ सालको अन्तिम कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा १.४८ प्रतिशतले गिरावट भएर बन्द भएको छ ।
मौद्रिक नीति खुकुलो बनाउँदै लैजाने राष्ट्र बैंकको संकेत र १ वैशाखबाट निक्षेपको ब्याजदर घटाउने बैंकर्स संघको निर्णयसँगै बुधबार नेप्सेमा ९२.२२ अंकको उच्च वृद्धि भएको थियो । तर, २०७९ सालको अन्तिम दिन बिहीबार नै नेप्सेमा करेक्सन आएको छ । बिहीबार बजार परिसूचक नेप्से २९.०७ अंकले गिरावट हुँदा १९३४.४७ अंकमा बन्द भएको छ । बिहीबार सेयर बजारका सबै उपसूचकहरु घट्दा नेप्से पनि ओरालो लागेको हो । विकास बैंक उपसूचक सर्वाधिक २.४८ प्रतिशतले गिरावट हुँदा उत्पादनमुलक उपसूचक २.३३ प्रतिशतले घटेको छ । यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.५६ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा करेक्सन हुँदा कारोबार रकम पनि खुम्चिएको छ । बुधबार १ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार भने घटेर १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँमा झरेको छ । ४४ हजार ७०८ वटा कारोबारमा ४९ लाख १३ हजार ७०२ कित्ता धितोपत्र खरिद हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ८ करोड ४३ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ६ करोडको कारोबार हुँदा एनआईसी एशिया बैंकको ५ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।
बिहीबार नेप्सेमा कुल २१८ कम्पनीको सेयर कारोबार हुँदा १८६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २८ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । बिहीबार कारोबार भएकामध्ये आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको सेयरमूल्य ७.९५ प्रतिशतले वृद्धि भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ४.९४ प्रतिशतले गिरावट हुँदा धौलागिरी लघुवित्तको सेयरमूल्य ४.७५ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.५० प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार