काठमाडौं । हिमपहिरोमा परी ३ जना शेर्पा आरोहीको मृत्यु भएको छ । बुधबार सगरमाथा आरोहण गर्ने क्रममा खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ मुनि हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन शेर्पा आरोहीको मृत्यु भएको हो ।
हिमपहिरोमा परि ज्यान गुमाउनेहरुमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । उनीहरुको अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत खोजी कार्य भइरहेको बताइएको छ ।
शव खोँचमा परेका कारण शव निकाल्न अप्ठ्यारो भइरहेको बताइएको छ । उनीहरु इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणका लागि गाइडको भूमिकामा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसपालिको आरोहण सिजनमा सयौँ चढे सगरमाथा
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
असई कुन्जाङले चढिन् सगरमाथा
एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र