बक्यौंता रकम समेत नलिई स्मार्ट टेलिकमको नविकरण गर्न लागेको भन्दै सांसद गिरीको आपत्ति

सफल खबर संवाददाता

बुधबार, २९ चैत्र २०७९, १४ : ५७
बक्यौंता रकम समेत नलिई स्मार्ट टेलिकमको नविकरण गर्न लागेको भन्दै सांसद गिरीको आपत्ति

काठमाडौं । नेकपा (एमाले)ले सरकारले अबौंको बक्यौंता रकम समेत नलिई स्मार्ट टेलिकम प्रालिको नविकरण गर्न लागेको आरोप लगाउदै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले नविरकण गर्दाखेरी लाग्ने करिव २३ अर्ब रुपैयाँ समेत नलिई सो प्रालिको नविकरण गर्नका लागि १र२ दिन भित्रै मन्त्रिपरिषद्ले निर्णय गर्न लागेको आशंका गर्दै आपत्ति जनाए ।

उनले सो काममा ठूलै आर्थिक चलखेल भएको हुन सक्ने जिकीर गर्दै त्यसो नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । प्रमुख सचेतक गिरीका अनुसार सो प्रालिले सरकारलाई विभिन्न शिर्षक अन्तरगत करिव ५ अर्व दस्तुर तिर्न बाँकि छ । र, नविकरण शुल्क २३ अर्व गरेर उसले २८ अर्ब सरकारलाई बुझाउनु पर्ने हुन्छ । तर, त्यो दुवै रकम मिनाहा गरी सो प्रालिलाई नविकरण गराउनका लागि मन्त्रिपरिषद्ले निर्णय गर्ने कुरा सञ्चार माध्याममा आएकाले आफूले सरकारको ध्यानाकर्षण गराउनु परेको पनि प्रमुख सचेतक गिरीको भनाई थियो ।

प्रमुख सचेतक गिरीले मन्त्री र मन्त्री क्वार्टर ध्याउने र ठूलै आर्थिक चलखेल गरेर सो प्रालिको नविकरण गर्ने निर्णय गर्न लागेर सरकारले मुलुकको करिब २८ अर्व बजेट डुबाउन नपाउने बताए ।

प्रतिक्रिया दिनुहोस